२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

आफ्नो भाषणमा ताली नबजाएको भन्दै ओलीले कार्यकर्तालाई हकारेपछि !

साउन ४, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफुले बोल्दा ताली नपिटेको भन्दै कार्यकर्तासँग झोक्किएका छन् ।

बुधबार एमाले वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता रहेका ओलीले सम्बोधन गर्दा कार्यकर्ताले चर्को ताली नबजाएको भन्दै कार्यकर्ताहरूसँग झोक्किएका हुन् ।

हामी हाम्रा महान अभिभाराहरु पुरा गर्न, महान उद्देश्यमा पुग्ने अभिभारा पुरा गर्न, हाम्रा अगाडिका गम्भीर चुनौतिहरुलाई पराजित गर्नका लागि एमाले एकढिक्का हुन्छ, एक ढिक्का हुनुपर्छ’ ओलीले यति भनेपछि कार्यक्रममा सहभागीहरू थोरै कार्यकर्ताले तालि बजाएका थिए ।

त्यो सुनेर ओलीले भने, ताली बजाउनु भो, थोरैले बजाउनु भो । अनि फेरि ओलीले पुरानै कुरा दोहोर्याए । भने,नेकपा एमाले एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाधा व्यवधानसँग जुध्दै विजय हासिल गर्छ ।

यसमा हामी सवै प्रतिवद्ध छौ नि होइन ?’ ओलीले यति भनेपछि पहिलेको भन्दा अलि बढि आवाजमा ताली बज्यो । तर पनि ओलीलाई चित्त बुझेन ।

उनले फेरि भने, ‘अझै बजाइ राख्नुभएको छैन १’ त्यसपछि भने कार्यकर्ताले ठुलो आवाजमा ताली बजाए । त्यसपछि भने ओलीले कार्यकर्तालाई फेरि प्रतिवद्धता जनाउन लगाएर भने, ‘हामी इमान्दारीताका साथ लाग्छौ, अस्तिको जस्तो चुनाव हुन दिँदैनौ ।

हाम्रो प्रतिवद्धता हो । अस्तिको चुनाव राम्रो भएन’, उनले १०, १५ सिट ल्याउने विरोधीले एमाले सकिएको भनेर प्रचार गरेको भन्दै त्यसमा नलाग्न आग्रह गरे ।

आफ्नै विरुवा छैन एमालेको बन समाप्त पार्दिए भन्छ, खोजमेल, गोडमेल गर्दा ३ प्रतिशत ल्याउनेले एमाले हार्यो रे यो हल्लाका पछि लाग्नुपर्ने छैन, ओलीले भने, हाम्रै कम-जोरीले हो । प्रचार पुगेन । यत्रा काम गरेका छौ ओहो ? उनले अपवित्र गठबन्धनलाई मिल्काउनुपर्ने भन्दै समयक्रममा गठबन्धन आफैं फुट्ने दावी गरे ।

उनले एकता फोड्न चाँदीको तरबार बनाउनुपर्ने आवश्यक नरहेको पनि बताए । गठबन्धनलाई स्वार्थी र पुँजीवादीहरुको संज्ञा दिँदै उनले वामपन्थी कोही छौ भने गठबन्धन छोडेर एमालेमा आउन आग्रह समेत गरे ।

तपाईहरुले कहिले कहिले देख्नुभएको छैन ? काँग्रेसले समातेर गालामा ठ्याम्म हान्छ, खुट्टामा समातेर रुन्छन् । अनि त्यस्ताहरुलाई वामपन्थी भनेर अपेक्षा गर्छौ ? देश बनाउन लाग्लान रु आफ्नै भनेका छ भोट हाल्न आउँदैनन् भने ? ओलीको प्रश्न छ ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।