२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

दक्षिण कोरिया जाने श्रमिक बढदो !

साउन ४, काठमाडौं : ईपीएस अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। को’रोना सङ्क्र-मणका कारण दुई वर्ष रोकिएको कोरियाको

रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो।

वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७४/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले ईपीएस अन्तर्गत

जाने श्रमिकका लागि थप कोटा निर्धा-रण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने बताए। हाल उत्पादनमूलक र कृषि तथा पशु-पालन क्षेत्रका लागि

कोरियाका रोजगारदाताले १० हजारको हाराहारीमा नेपालबाट श्रमिक लैजान भाषा परीक्षा भइरहेको छ, महानिर्देशक पौडेलले भने, को-रोना संक्र-मणपछि कोरियामा श्रमिक अभाव भए पनि अन्य देशको तुलनामा नेपालबाट धेरै श्रमिक लैजाने तयारी भएको हो।

आजको कारोबार दैनिकमा समाचार छ ।

२०७९ श्रावण ४, बुधबार प्रकाशित 1 Minute 300 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।