२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

नेपाल मजदुर किसान पार्टीले एमसिसी खा’रेज नभएसम्म आ’न्दोलन जारी हुने बताएको छ।

काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज सम्झौता (एमसिसी)को विरु’द्ध संघर्षरत नेपाल मजदुर किसान पार्टीले एमसिसी खा’रेज नभएसम्म आ’न्दोलन जारी हुने बताएको छ। विगत २ हप्तादेखि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरुमा

मात्र नभएर देशका विभिन्न जिल्लाहरुमा एमसिसी विरु’द्ध जुलुस प्रदर्शन गरिरहेको पार्टीले एमसिसी विरु’द्ध आ’न्दोलन जारी राख्ने जनाएको हो। भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा पार्टीका सचिव एवं सांसद प्रेम सुवाल, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँ लगायतले एमसिसी

विरु’द्ध जन जागरण अभियान सञ्चालन गरिरहेको चर्चा गर्दै अमेरिकी साम्रा’ज्यवादले एमसिसीको नाममा एसियामै यु’द्ध थापर्ने खोजेको बताए। पार्टी नेताहरुले अमेरिकी सहयोगको नाममा सार्वभौमिकतालाई बन्धकमा राख्ने ष’ड्यन्त्रमा सत्ताधारी दलहरु फसेको समेत बताए। जुलुसलाई सम्बोधन गर्दै सांसद सुवालले पार्टीले सडक र सदनमा एमसिसी विरु’द्ध सं’घर्ष गरिरहेको जानकारी दिए।

उनले एमसिसी सम्झौताका बारेमा सत्ताधारी दल र प्रतिपक्षीले नबोल्नुलाई जनताप्रतिको धो’का भएको बताए। ‘एमसिसीबारे शेरबहादुर देउवा, प्रधान मन्त्री लगायत नेपाली काँग्रेसका नेता, गठबन्धन सरकारले नबुझ्नु, प्रमुख प्रतिपक्षले नबुझ्नु भनेको जनतालाई धो’का हो, देशलाई धोका हो, बुझ पचाएको हो’ सांसद सुवालले भने।

सांसद सुवालले एमसिसीका वुंदावुंदाहरुलाई सन्देशपूर्ण तरिकाले लिनुपर्ने बताउँदै अमेरिकाले एमसिसीमार्फत् एसियामा यु’द्ध थापर्ने नीति अवल’म्बन गर्न खोजेको समेत बताए। उनले नेपालको संविधान भन्दा माथि हुुने गरी गरिने सम्झौताले नेपालको सार्वभौमिकता माथि आ क्र’मण हुने प्रष्ट भएकाले

सोबारे सरकारमा गएका दलहरुले आवाज नउठाउनु विडम्व’नापूर्ण रहेको बताए। कार्यक्रममा सांसद गोसाइँले विगत २ हप्तादेखि एमसिसी विरु’द्ध सडक सं’घर्ष गरिरहेको बताए। ‘आत्म समर्पणका लागि हैन, आत्म स्वाभिमानका लागि ल’ड्छौं, हामीलाई पराधीनता स्वीकार्य छैन।’ नागरिक दैनिकमा खबर छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।