
काठमाडौं : हिमानी ट्रष्टले जनकपुरधाममा विद्यार्थीहरुलाई खानेपानीका बोतल वितरण गरेकी छन्। सोमबार पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः
शु’द्ध हुने बोतल वितरण गरेकी हुन्। खानेपानी बोतल वितरण गर्न पुगेकी पूर्वयुवराज्ञी शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरक्रिया गरेकी थिइन्। एक जना विद्यार्थीले जिवनमा कसरी राम्रो गर्न सकिन्छ? भनि सोधेको प्रश्नमा उनले भनिन
पहिले त्यति विकल्प थिएन तर अहिले डा’क्टर, इन्जि’नियर, व्यवस्थापन सहित अतिरिक्त क्रियाकलाप गर्न सकिन्छ।’ विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न पुगेकी पूर्व युवराज्ञीलाई स्कुलका प्रधानाध्यापकले स्कुलमा रहेको समस्याहरुको बारेमा ब्रि’फिङ गरेका थिए। यसै क्रममा, हिमानीले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँगै बेन्चमा बसेर अन्तरक्रिया गरिन् ।
साधारणतया सर्वसाधारणसँग खासै कुराकानी नगर्ने हिमानीले भने यसपटक आफूसँगै बसेका तीनजना छात्रासँग पढाइकै विषयमा कुराकानी गरिन्। उनले छात्रा लाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न सोधिन् । जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने ।
साथै म्याथ र साइन्स गाह्रो हुने एक छात्राले हिमानीलाई बताइन् । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भनिन्, ‘हो मलाई पनि गाह्रो भएको थियो ।’ हिमानीलाई धेरैले मृदुभाषी समेत भन्छन्।
उनले कार्यक्रमका बेला गर्ने सम्बोधन तथा भाषणमा पनि धेरैले रुची राख्छन्। हिमानी ट्रष्टको अध्यक्षता गरिरहेकी उनी नेपाल का दुर्गम जिल्लामा थुप्रै पटक सहयोग सामग्री लिएर पुग्ने गरेकी छिन् । हिमानीलाई थुप्रैले बाहिरी र भित्री दुबै रुपमा सुन्दर भएको बताउने गर्छन् ।