२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

भैरहवा विमानस्थल संचालनमा आएको डेढ महिनामै २७ वटा अन्तर्राष्ट्रिय विमानले उडान !

साउन १, काठमाडौ : भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिनामा २७ वटा अन्तर्राष्ट्रिय उडान गरेको छ ।

२७ वटा उडानमा ६ हजार यात्रुले सुविधा लिएको बिमानस्थलले जनाएको छ । केहि समय अघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय

विमानस्थल सञ्चालनमा आएको हो । यो बिमानस्थल बनिएसँगै भैरहवाको स्थानीय बासिन्दा सहित नजिकको जिल्लाको यात्रुहरुलाई काठमाडौँ आउने झन्झटबाट छुटकारा पाएको छन् ।

हवाई उडाको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरण आईएलएस सहितको यस विमानस्थलमा ३ हजार मिटर लामो धावनमार्ग छ ।

जजीरा एयरलाइन्सले हप्ताको तीन वटा उडान सञ्चालन गर्ने अनुमति लिएर आफ्नो तालिका अनुसार उडान सञ्चालन सुरु गरेको हो ।

२०७९ श्रावण १, आईतवार प्रकाशित 0 Minutes 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।