२०८० फाल्गुन १० बिहीबार
  • काठमाडौँ

मलेसिया रोजगार – न्युनतम तलब बढे सगै नेपाली युवाहरुको रोजाईमा !

असार ३२, काठमाडौं : रोजगारीको लागि विदेश जाने नेपाली युवाहरुको रोजाइमा पछिल्लो समय मलेसिया पर्न थालेको छ।
मलेसियाली सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक

बढाएसँगै नेपाली श्रमिकको आकर्षण बढेको हो। अहिले मलेसियाका रोजगारदाता कम्पनीले तलबबाहेक श्रमिकको अन्य सेवा सुविधामा समेत विशेष ध्यान दिन थालेका छन्।

मलेसियाली सरकारले गत मार्चदेखि आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक १ हजार ५ सय मलेयिन रिंगेट लागू गरेको छ। यसअघि न्यूनतम तलब १२ सय रिंगेट मात्रै तोकिएको थियो।

तलबसँगै बासको लागि उचित होस्टलको व्यवस्था, खानको लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिन थालेपछि नेपाली श्रमिकहरू अहिले मलेसिया ‘डाईभर्ट’ हुन थालेका छन्।

सेवा सुविधाबाहेक मलेसियाको हावापानी पनि नेपाली कामदार अनुकुल छ। खाडी मुलुकभन्दा तुलनात्मक रुपमा मलेसियाको हावापानी नेपालसँग मिल्दो जुल्दो भएकाले पनि नेपाली कामदार मलेसियातर्फ आकर्षित भएका हुन्।

२०७९ असार ३२, शनिबार प्रकाशित 0 Minutes 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।