२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

आज देखि हिमालय एअरलाइन्सको काठमाण्डौ–कुवेत उडान सुरु !

असार ३२, काठमाण्डाै : हिमालय एअरलाइन्सले काठमाण्डौ–कुवेत उडान सुरु गरेको छ । हिमालय एअरलाइन्सले आफ्नो आठौँ गन्तव्यका रुपमा हिजोदेखि काठमाण्डौ–कुवेत उडान थालेको हो ।

गए राति साढे १० बजे कुवेत उडेको जहाज आज पुन: यात्रु बोकेर बिहान सवा ९ बजे काठमाण्डौ अवरण गरेको छ । उडान उद्घाटन कार्यक्रममा प्रमुखअतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका

महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । एअरलाइन्स्ले हरेक शुक्रबार काठमाण्डौ–कुवेत र हरेक शनिबार कुवेत– काठमाण्डौ उडान सञ्चालन गर्नेछ ।

कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच सन् २००६ मा हवाई सेवा सम्झौता भएको थियो ।

हिमालय एअरलाइन्स काठमाण्डौलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । सन् २०१४ मा चीनसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालयन एअरलाइन्ससँग ४ वटा जहाज रहेका छन् ।

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, हिमालय एअरलाइन्स् एक प्रगतिशील वायुसेवा कम्पनीहो जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवाउपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाण्डौ–कुवेत–काठमाण्डौ सेक्टरको सुरुवात पनि त्यही भावना अनुरुप गरेको हो ।

२०७९ असार ३२, शनिबार प्रकाशित 0 Minutes 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।