२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

नेपालमा निर्माणधिन ११ वटा विमानस्थल मापदण्ड भन्दा नजिकको दूरीमा, लगानी खेर जाने उच्च जो-खिम !

असार ३१, काठमाण्डाै : नेपालका धेरै आन्तरिक विमानस्थल भएको लगानी खेर जाने देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनले पर्याप्त अध्ययन नगरि र

मापदण्ड अनुसारको दूरी कायम नगरि निर्माण गरिएकाले विमानस्थलमा गरिएको लगानी खेर जाने देखिएको हो ।
हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइलको

दूरीमा विमानस्थल बनाउनुपर्नेमा दूरीको ख्यालै नगरि नजिक–नजिक विमानस्थल निर्माण भएको महालेखाले जनाएको छ ।
डोल्पाको मसिनेचौर र जुफाल, अर्घाखाँची र गुल्मीको रेसुङ्गा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी र रामेछाप, फाप्लु कागेलडाँडा

र रुम्जाटार तथा कालकोट र साँफेबगर लगायतका ११ वटा विमानस्थल ५ दशमलव ८२ देखि १९ दशमलव ३५ नटिकल माइलको दूरीमा रहेका छन् । यसरी नजिकैनजिकै विमानस्थल बनाउँदा उडानमा समस्या हुनुको साथै लगानी खेर जान सक्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सुगम क्षेत्रमा मात्रै उडान सञ्चालन गर्ने वायुसेवाले दुर्गम पहाडी क्षेत्रमा उडान सञ्चालन गर्ने वायुसेवालाई नागरिक उड्डयन प्राधिकरणले तोके अनुसारको योगदान गर्नुपर्ने नीतिको कार्यान्वयन नभएको र सेवा सञ्चालन गरेको ५ वर्षभित्रमा

वायुयान चालक, इञ्जिनियर जस्ता जनशक्ति पूर्णरुपमा नेपाली नागरिकबाट तयार हुनुपर्नेमा त्यसो नभएको पनि उल्लेख छ । देशमा ५३ वटा विमानस्थल रहेकोमा ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । २१ वटा सञ्चालनमा छैनन् ।

५३ वटामध्ये २३ वटा विमानस्थलमा मात्रै बाह्रैमास उडान गर्न सकिने र बाँकी ३० वटा विमानस्थलमा बाह्रैमास उडान गर्न नसकिने भएकाले पनि लगानी खेर जाने अवस्था आएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

२०७९ असार ३१, शुक्रबार प्रकाशित 0 Minutes 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।