२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

वैदेशिक रोजगार विभाग भन्छ – वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या ३.६८ गुणाले बृद्धि ।

साउन २, काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले बृद्धि भएको बताएका छन् ।

शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताए ।

उनले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए । उनले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भएपनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताए ।

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताए ।

उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए । महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए ।

उनले भने, ‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ । अहिले अन्तर्राष्ट्रिय देशहरुको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन । २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं ।

अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ । यो भनेको रि इन्ट्रि समेतको गरेर हो । यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ । श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ ।

अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढको देखिन्छ । यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ । अहिले वैदेशिक रोजगारी सन्तोकजन रुपमा अगाडि बढेको देखिन्छ ।’

त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताए । उनले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरुको समय र लागत कम भएको दाबी गरे ।

महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दापनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताए । उनले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताए ।

उनले भने, २०७८ माघ २ गतेबाट पुनःश्रम स्वीकृतिलाई पूर्ण अनलाइन गरौं । जसबाट ४५ प्रतिशत वैदेशीक रोजगार विभागमा काम गर्ने भीडभाड कम भयो । अहिले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएको छ । यसले केही न केही कर्मचारीदेखि सुशासनमा समेत सुधार हुँदै आएको छ ।

सेवाग्राहीहरुको समय र लागत कम भएको छ । नक्कली पीडितहरुलाई निरुत्साहित गरिएको छ । वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन् भन्ने लाग्नसक्छ । तर हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडितहरु नक्कली पीडितहरु हुन् ।

उनले फेरि भने, उनीहरु नक्कली पीडित भएको बहानामा कसैलाई फसाउनको लागि,हुँदै नभएको कारोबार वैदेशिक रोजगारमा ल्याएर जोडेर सेन्टीमेन्ट गर्न लगायतको लागि नक्कली पीडित आउने गरेका छन् ।

अहिले हामीले सक्कली पीडितको दुध र पानी छानेजस्तै नक्कली पीडितहरुलाई कारबाही गर्न काम गरेका छौं । सक्कली पीडित वैदेशीक रोजगारी विभागको समस्या होइन । सक्कली पीडितका समस्याहरु सजिलै समाधान हुन्छन् । अहिले १० लाख भन्दा बढीको कारोबार सम्पती सुदृढीकरणलाई बुझाउने गरेका छौं ।

२०७९ श्रावण २, सोमबार प्रकाशित 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार