२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कुलमान घिसिङको नियुक्तिवि’रुद्ध परेको रि’टमाथि आज सुनुवाइ हुँदै !

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिवि’रुद्ध परेको रि’टमाथि आज सुनुवाइ हुँदै छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । आजको सुनुवाइ सूचीमा यो मु’द्दा पहिलो नम्बरमा रहेको छ ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयवि’रुद्ध गत साउन ३२ गते उक्त रि’ट दायर गरेका थिए ।

यसअघि पनि उक्त रिट प्रधानन्यायाधीशकै इजलासमा राखिए पनि सुनुवाइ हुन सकेको थिएन । शाक्यले आफूलाइ अन्यायमा पारिएको भन्दै मु’द्दा दायर गरेका हुन् । साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणमा कार्यकारी निर्देशक रहेका शाक्यलाई सोहीसरहको सुविधा दिनेगरी ऊर्जा आयोगमा सरुवा गरेर कुलमानलाई प्राधिकरणमा नियुक्ति गरेको थियो ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।