२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

गोकुल बास्कोटा भन्छन् – संघीयता खारेज गरौं, प्रतिनिधिसभामा समानुपातिक व्यवस्था हटाऔं ।

असार ३१, काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले संघीयता आवश्यक नरहेको बताएका छन् । उनले संघीयता नभए मुलुक बर्बाद हुने तर्क जायज नभएको दावीसमेत गरे ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा पूर्वमन्त्री बास्कोटाले स्थानीय तहलाई शक्तिशाली बनाएपछि प्रदेश आवश्यक नरहेको प्रष्ट पारे ।

उनले भने, ‘एक-दुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो–यो गयो भने खतमै हुन्छ रे तर शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो ?’

उनले राष्ट्रिय सभालाई समावेशी बनाउन र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित मात्र बनाउनु उपयुक्त हुने सुझाव दिए ।

बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनिधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔं।अग्रगामी कदम नै यही हो, उनले भने ।

पछिल्लो समय संघीयताको औचित्यबारे प्रश्न उठ्न थालेको छ । प्रदेशका नाममा आर्थिक अराजकता मौलाएको र प्रदेश नेता व्यवस्थापनको थलो बनेको आ-रोप लागेको छ ।
नेपाल मन्च

२०७९ असार ३१, शुक्रबार प्रकाशित 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।