२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

बाकेका द्व’न्द-पी-डित युवा तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै !

असार ३१, बाँके : बाँके र बर्दियाका सशस्त्र द्व’न्द्व-पी’डितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् । ती जिल्लाका शारदा चौधरी, दर्शना चौधरी र रामबहादुर रसाइली यसका उदाहरणीय पात्र मात्र हुन् ।

बर्दिया बाँसगढी नगरपालिका–६ सत्रहरियाकी शारदा चौधरी महिलाका लागि प्रेरणाकी स्रोत नै बन्नुभएको छ । उहाँ तरकारी खेतीको नमूना कृषक बन्नुभएको छ । कृषि र पशुपालन व्यवसायको उद्देश्य राखी सञ्चालित ‘नमूना कृषक समूह’

अहिले द्व’न्द्वपी-डित तथा एकल महिलाका लागि स्वरोजगारको ‘साथी’ बनेको छ । सुरुका दिनमा मलाई बोल्न पनि आउँदैन थियो, तर सङ्घर्ष गर्दै जाँदा धेरै कुरा जानिँदोरहेछ, उहाँले भन्नुभयो, हरेस नखाई एउटै उद्देश्यमा निरन्तर क्रियाशील भए सफल उद्यमी हुन सकिन्छ ।

मधुवन नगरपालिका–२ ओरालीको दर्शना चौधरीले आफ्नै घरमा कुखुराको मासु व्यवसायमा संलग्न हुनुहुन्छ । सुर्खेतका रामबहादुर रसाइलीले अहिले किराना व्यवसाय तथा प्रावि तहको निजी विद्यालय सञ्चालन गरिरहनुभएको छ ।

राजनीति मात्र सम्पूर्ण जीवन निर्वाहको आधार हुन सक्दैन भन्ने कुरा मनन गरी आर्थिक व्यवसायमा संलग्न भएको हुँ, उहाँले भन्नुभयो । कतिपय द्व’न्द्वपी-डित उपयुक्त स्थानमा अहिले आफ्नो व्यावसायिक काममा संलग्न भइसकेका छन् ।

कतिपयको अवस्था अझै धेरै बि’जोग छ । राज्यले ती ल’डाकुको अवस्थाप्रति कुनै चासो नदिएको गु’नासो पूर्व लडा’कु बाँसगढी नगरपालिका– ६ सत्रहरियाका कामना चौधरीले गुनासो गर्नुभयो ।नेकपा (माओवादी केन्द्र) ले बेरोजगार पूर्व ल’डा’कुलाई व्यवस्थापन अझै नगरेको गु’नासो गरिएको छ ।

२०७९ असार ३१, शुक्रबार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।