
असार ३०, काठमाडौ : नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सांसद निरुदेवी पालले प्रदेश संरचना खारेज गर्न माग गरेकी छिन्।
देश र जनताको लागि घाँडो बनेको प्रदेश संरचना खारेज भए धेरै राम्रो हुने थियो । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् । जनताको लागि भन्दा पनि नेताको
व्यवस्थापन,नेताका आसेपासे पाल्नका लागि सम्झौता गरेको प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई अझै बढी अधिकार सम्पन्न बनाइ जनताको घरघरमा सेवा दिन सके उत्तम।
एकपटक सोच्ने बेला भयो कि एमालेका एकपछि अर्को नेताको यस्तो अभिव्यक्ति आइरहेको छ। केहीदिन अघि एमालेका अर्का नेता गोकुल बाँस्कोटाले पनि संघीयता खारेज गर्नुपर्ने बताएका थिए।
थप समाचार, जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी उनले बिहीबार पार्टी अध्यक्षलाई अहिलेको अवस्थामा कुनै पनि पदीय जिम्मेवारीमा बस्न नसक्ने बताउँदै राजीनामा पत्र बुझाएकी हुन् ।
उनले राजीनामा पत्रमा भनेकी छन् । वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु।
तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।
पछिल्लो पटक मन्त्री हेरफेर हुँदा पदमै बस्न चाहे पनि सरकारबाट फिर्ता बोलाइएपछि यादव पार्टीसँग रुष्ट थिइन् । साथै, पछिल्लो समय पार्टी पनि दुई भागमा बाँडिएपछि उनले पदबाट राजीनमा दिएकी छन् ।