२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

बुद्ध एयरको जहाजमा चु’रोट तान्ने युवा पक्राउ !

असार ३०, काठमाडौं : बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्रा’उ परेका छन् । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार

उडान नं २५३ बाट अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौ-चालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निग-रानीमा राखेका थिए ।

धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण

उपाध्यायलाई पक्रा-उ गरि अनुसन्धान भइरहेको जनाएको छ ।
जहाजमा सलाई, लाइटरसहितका प्रज्वलनशील वस्तु साथमा लैजान पाइँदैन । साथै चुरोट ता-न्न नि’षेध गरिएको छ ।

यात्रुबाट भएको गम्भी-र लाप’रबाहीमा विमानस्थल सुरक्षामा खटिएका प्रहरीको समेत कम-जोरी देखिएको छ । यस्तो वस्तु यात्रुको साथमा हुँदा दु’र्घ-टनासम्मको जो-खिम हुन्छ ।

२०७९ असार ३०, बिहीबार प्रकाशित 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।