२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

काेरिया जाने भाषा परिक्षाकाे शैली फेरिने, अब यसरी हुनेछ परिक्षा !

काठमाडौ : प्रक्रिया पुरा गरेर पनि पुरा श्रमिकहरु दक्षिण काेरिया जान नपाए पनि दक्षिण काेरियाले नयाँ भाषा परिक्षाकाे तयारी अगाडि बढाएको छ । यस अगाडि भाषा परिक्षा पास गरि प्रक्रिया पुरा गरेका र कमिटेड श्रमिकहरु काेरिया जान नपाएको करिब २० महिना पुरा भइसकेको छ ।

ती श्रमिकलाई पनि चाँडै काेरिया लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको र नयाँ भाषा परिक्षाकाे तयारी पनि त्यहि अनुसार अगाडि बढेको एचआरडि काेरिया नेपाल शाखाले जनाएको छ ।काे’राेना महामा’री नेपालमा क्रमश निय’न्त्रण उन्मुख छ,त्यहि अनुसार नयाँ भाषा परिक्षा तयारी भइरहेको हाे एचआरडि शाखाले बताउँछ ।

विगत तीन वर्ष यता भाषा परिक्षा हुन नसकेको कारण अब भाषा परीक्षा अनिवार्य गर्नुपर्ने उसलाई नैतिक दबा’ब छ । परिक्षाकाे लागि एचआरडि शाखाले प्रा’विधिक तयारी तथा भवन निर्माण समेत गरेको छ ।तर यसपटक विगतको जस्तो तरिकाबाट परिक्षा हुने छैन ।अब नयाँ प्रविधि बाट भाषा परीक्षा गरिने स्रोतले बताएको छ ।

पहिलो चरणमा कोरियाबाट फर्किएकाहरूको विशेष क’म्प्युटर बेस्ड टेस्ट गराइने र को’रोना जो’खिम कम भएपछि यूबीटी (संयुक्त परिक्षण बेस नयाँ परीक्षा प्रणाली) प्रक्रियाबाट कोरियन भाषाको परीक्षा गराउने तयारी भइरहेको शाखाले जनाएको छ ।

यूबीटी परीक्षामा एउटा निश्चित अंक छुट्याइने र त्यसभन्दा बढी अंक ल्याउने परीक्षार्थीलाई त्यही दिन सीप परिक्षणसँगै शारीरिक परीक्षण सक्ने तयारी भैरहेको छ । शारीरिक परी’क्षणको रूपमा कलर ब्लाइन्ड टेस्ट गराइने छ ।

यसको लागि उसले दक्षिण काेरिया बाटै सबै सामाग्री नेपाल ल्याएको छ । विगतको भन्दा नितान्त फरक शैली बाट परिक्षा हुने जनाइएको छ ।परिक्षाकाे प्राविधिक तयारी अन्तिम चरणमा पुगेकाले सकभर चाँडै परीक्षा गराउने मनसायमा काेरियन पक्ष रहेको जनाइएको छ ।-हाम्रो खवर बाट

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 61 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार