
असार ३०, धरान : सडक पेटीमा व्यापार गर्नेलाई अवरोध गरेका कारण काठमाडौंका मेयर बालेन साह आलोचित भइरहँदा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले भने सडकपेटीमा
व्यापार गर्नेसँग सौहार्द व्यवहार गरेका कारण तारिफ पाएका छन् । भिडियोमा मेयर साम्पाङले फुटपाथमा पोलेको मकै किनेर खाँदै गरेको देखिएको छ ।
उनले वृद्ध महिलासँग मकै किनेको भिडियो कसैले खिचेर सामाजिक सञ्जालमा हालिदिएको थियो । उक्त भिडियोको कमेन्टमा धेरैले तारिफ गरेको छन् ।
भिडियोमा मेयर साम्पाङले फुटपाथमा मकै पोल्दै गरेकी एक वृद्ध महिलासँग मकै किनेको देखिन्छ । मेयर साम्पाङले ती वृद्ध महिलालाई सडकको फोहोर व्यवस्थापन गर्न अनुरोधसमेत गरेका छन् ।
भिडियो सहित !