२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ – ढिला चाँडो हामी पनि श्रीलंकाकै अवस्थामा पुग्छौं ।

असार ३०, काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने दाबी गरेका छन्।

नेपालको अवस्थामा अहिल्यै त्यस्तो नभए पनि स्वार्थी राजनीतिको बोलवाला, कूशासन, भ्रष्टा-चारले ढिलोचाँडो श्रीलंकाकै बाटोमा पु-र्याउने उनले बताए।

उनले सामाजिक सञ्जालमार्फत् सचेत हुन र यथास्थिति तोड्न सकारात्मक धक्का-युक्त हस्तक्षेको जरुरत रहेको औंल्याएका छन्। हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं। यो सही नै हो।

तर तीतो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिध्दान्त एवं मूल्यविहीन भ्रष्ट-स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टा’चार, अपा-रदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैर-जिम्मेवार प्रवृत्ति र तदर्थवादले

ढिलो वा चाँडो, एउटा वा अर्कोरुपमा पु-र्याउने त्यतै हो। सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौं,’ उनले लेखेका छन्।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि त्यहाँका जनताले सरकारविरु’द्ध प्रदर्शन गरिरहेका छन्। शनिबार उत्रिएको जनसागरले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय क-ब्जामा लिएका थिए।

श्रीलंकन नागरिकहरु सडक उत्रिएर राष्ट्रपति र प्रधानमन्त्री निवासमै छिरेपछि उनीहरु सुरक्षित स्थानतर्फ भागेका थिए।
शनिबार बेलुका प्रधानमन्त्री रनिल विक्र-मासिंघेको निजी निवासमा प्रदर्शनकारीले आग-जनी गरेका थिए। आग-जनीमा संलग्न तीन जनालाई प्रहरी पक्रा’उ गरे पनि त्यहाँ जनताहरुले सहज जीवनयापनको माग गर्दै विरो’धमा उत्रिएका छन्।

२०७९ असार ३०, बिहीबार प्रकाशित 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।