२०७८ माघ १३ बिहीबार
  • काठमाडौँ

मिलेमतोमा हुन्छ सीमा-नाकामा खुलेआम तस्करी, डिआजी नै ‘तस्करका संरक्षक’

काठमाडौं : भारतसँग खुल्ला सीमा-नाका रहेको कञ्चनपुरमा भारतबाट ठूलो प’रिमाणमा विभिन्न मालसामानहरु नेपाल आयात हुने गरेका छन् । जिल्लाका दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका र बेलौरी नगरपालिकाका विभिन्न स्थानमा रहेका खुल्ला नाकाबाट लामोसमयदेखि त’स्करी हुदै आएको छ ।

विगत लामोसमयदेखि प्रहरीकै सेटीङ्गमा राजश्व छली गरेर विभिन्न माल सामानहरु नेपाल आयात हुँदै आएका छन् । जसको कारण एकातिर राज्य कोषमा जम्मा हुने ठूलो राजश्वमा घा’टा हुँदै गएको छ भने अर्को तर्फ नेपाली व्यापारीहरु विस्थापत हुन थालेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङ्गमा भारतबाट दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, तेल, साबुन, सोडा, लुगाकपडा खुलेआम नेपाल आयात हुँदै आएका छन् ।

यो संगै यी नाकाहरुबाट कुखुरा, अण्डा, पिय पदार्थ (कोक, डिउ, मिरीन्डा, स्प्रईड) हार्डवयरका सामान, विभिन्न मेसिनरी सामानहरुका पार्ट, गाडीका पार्टहरु रासायनीक मल आदी माल लगाएत दैनिक लाखौका सामानहरु नेपाल भित्रिने गर्दछ । यस्ता कार्य नियन्त्रणको लागी स्थानीय प्रशासनले कुनै चाँसो नदेखाएको स्थानीय व्यापारीहरुले गु’नासो गरेका छन् ।

यस क्षेत्रमा खटीएका प्रहरीकै मिलेमतोमा त’स्करी हुने गरेको छ उनीहरुको आ’रोप रहेको छ । दैनिक लाखौँ मुल्य बराबरका सामान भित्रिने गरेका छन् । तर सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सु’रक्षा बल भने नदेखे झै गर्दै आएको स्थानीय बताउँछन् ।

रातको समयमा बढी चो’री निकासी

विषेशगरी रातको समयमा बढी चो’री निकासी हुने गरेको पाईएको छ । रातको समयमा सीमापारी भारतिय बजारमा गई विभिन्न खाले प्रतिबन्धित सामानहरु लागुओ’षौधरु समेत यि नाकाहरुबाट ओसार पोसार गर्ने ग्रिहो सक्रिय रहेको छ । तर प्रहरीले यस्ता अ’वैध काम गर्नेहरुसंग महिनावारी

ठूलो रकम बुझ्ने गरेकोले यस्ता गतल कार्यले प्रशय पाएको स्थानिय बताउ छन् । जिल्लामा रहेका सबै सरोकारवाला निकायहरु यस विषयमा जानकारी रहेको भएता पनी यस्ता कार्य रोकथाम तथा नियन्त्रणका लागि भने कसैले चाँसो नदिएको स्थानिय मुरारी विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘यस क्षेत्रका प्रहरी प्रमुख डिआईजीले नै त’स्करीलाई सं’रक्षण गरि रहनुभएको छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार