
असार २७, काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘हर्कराज राई’ले धन्यवाद र बधाई आफुलाई नभएर धराने जनतालाई दिन आग्रह गरेका छन् ।
आफु सानो मान्छे मात्र भएकाले धराने जनता नै असली कर्ता भएकाले आफ्नो चर्चा समेत नगर्न आग्रह गरेका छन् ।
मेयरमा निर्वाचित भएपछि उनले पछिल्लो समय
खानेपानी व्यवस्थाको लागि आफुसँगै धराने जनतालाई समेत श्रमदानमा सहभाति गराउँदै आएका छन् ।
मेयर साम्पङ लेख्नुहुन्छ-
धन्यवाद र बधाई दिन मन छ भने धराने जनतालाई दिनु ! म जाबो एउटा सानो मान्छे मैले के नै गरेको छु र ? जे भएको छ, धराने जनता नै असली कर्ता हुन् ! कृपया म नाथेलाई हिरो नबनाउनु !