२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मेयर दाहाल भन्छिन् – एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको छ ।

असार २७, चितवन : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताउनु भएको छ ।

ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताउनु भएको हो ।

विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बीहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको उल्लेख गर्नुभयो । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघिय गणतन्त्रको सुन्दर पक्ष रहेको मेयर दाहालले दाबी गर्नुभयो ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मालम्बीहरु बीच धार्मिक सहिषुणता कामय भई भाईचारको सम्बन्ध स्थापित भएको उहाँको भनाई थियो ।

यहाँ धर्मको आधारमा सानो ठूलो कोही छैन,उहाँले भन्नुभयो, सबै धर्म मान्नेहरु समान हुन् । के हिन्दु, के बौद्ध, के मुस्लिम, के ईसाई । सबै धर्मले दिने सन्देश एउटै हो ।
भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र

पुजा पाठको लागि मदरसा र मस्जित निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको पनि मेयर दाहालको भनाई छ । नेपाल बहुल भाषा, संस्कृति, धर्मको अनुपम स्थल हो, सबैले आफ्नो भाषा, संस्कृति, रितिरिवाजलाई स्वतन्त्र ढङगबाट मान्न पाउनुपर्ने उहाँको धाराणा थियो ।खबर प्रवाह

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।