
असार २७,काठमाडौं : ठ’गी मु’द्धामा जेल जीवन विताइरहेका पूर्वसांसद इच्छाराज तामाङ जेलभित्रै ठ’गिएका छन् । सिभिल बैंक, सिभिल सहकारी तथा सपिङ मल व्यवसायी तामाङलाई
धरौटीमा छुटाइदिने भन्दै अधिवक्ता रुद्रप्रसाद पोखरेलले ठ’गेका हुन् । पोखरेलले तामाङकी श्रीमती सिर्जना शाक्यसँग दुई करोड भन्दा धेरै रकम ठ’गी गरेका हुन् । नेकपा एमालेको महत्वपूर्ण जिम्मे’वारीमा रहेका वरिष्ठ अधिवक्ता पोखरेलले थुनुवालाई
छुटाइदिन्छु भनेर पैसा लिएका थिए । तर उनले पैसा लिएर पनि काम नगरिदिएपछि अहिले फसादमा परेका छन् ।
शाक्यसँग लिएको पैसाबाट पत्नी रिता पराजुलीका नाममा घरघडेरी किनेका थिए ।
र त्यही पैसा पचाउन न्यायाधीशसँगको सम्बाद रेकड गरेका थिए । कुरा मिलिसकेको प्रमाणका निम्ति संवादको रेकर्ड आफैं गरेका पोखररेलले उक्त प्रमाण थुनुवाकी श्रीमतीलाई बुझाएका थिए ।
ठ’गी मु’द्दामा जेल परेका तामाङलाई धरौटीमा छुटाइदिने भनी काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालासँग गरेको संवाद शाक्यले सार्वजनिक गरिदिइन् । अहिले त्यही अडियोले अधिवक्ता पोखरेल र न्यायाधीश कोइराला समस्यमा परेका छन् ।