२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घा’इते !

काठमाडौं : दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्र’हार गरेको छ । ढुङ्गामुढा प्र’हारबाट एक सशस्त्र प्रहरी ज’वान घा’इते भएका छन् ।

घा’इते ज’वानको अवस्था सामान्य रहेको छ । घा’इते ज’वानको हात र पाखुरामा चो’ट लागेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका

तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्र’हार गरेका हुन् । भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्र’हार गरी भागेको उहाँले बताउनुभयो ।

“भारतीय प्रहरीले गस्तीमा रहेका ज’वानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ”, उहाँले भन्नुभयो, “तस्कहरूको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौँ ।” घट’ना राति १०ः३० बजे भएको बताइएको छ ।

२०७८ आश्विन ५, मंगलवार प्रकाशित 1 Minute 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।