२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

भारतीय अभिनेता ऋतिक रोशनका ४ फिल्मको बजेट नै ८७५ करोड !

असार २५, काठमाडौं : अभिनेता ऋतिक रोशनले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’बाट बलिउडमा डेब्यू गरेका थिए । त्यसयता उनले आफ्नो कामले दर्शकहरुको मन जित्दै आएका छन् ।

ऋतिकले ‘लक्ष्य’ ‘जोधा अकबर’ ‘सुपर ३०’ ‘काबिल’, ‘धूम’ ‘गुजारिश’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ जस्ता फिल्मबाट करोडौंको मनमा आफ्नो ठाउँ बनाएका छन् ।

यस्तो अवस्थामा सन् २०२२ र २०२३ पनि ऋतिकका लागि निकै विशेष रहने भएको छ । यी दुई वर्षमा ऋतिक रोशनका आगामी फिल्महरूको कुल बजेट ८७५ करोड रुपैयाँभन्दा बढी रहेको छ । यस्ता छन् ऋतिकका आगामी फिल्मको सूची…

१. विक्रम वेधा

‘विक्रम वेधा’ तमिल भाषाको उत्कृष्ट एक्शन थ्रिलर फिल्मको रिमेक हो, जसमा ऋतिक रोशन र सैफ अली खान मुख्य भूमिकामा छन् । तमिल संस्करणमा आर माधवन र विजय सेतुपति मुख्य भूमिकामा थिए, जसको बजेट ११ करोड रुपैयाँ थियो ।

फिल्मले बक्स अफिसमा ६० करोड कमाएको थियो ।
टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार अहिले यसको हिन्दी रिमेक १७५ करोडको बजेटमा बनिरहेको छ । यो फिल्म यही वर्ष सेप्टेम्बर ३० मा रिलिज हुँदैछ ।

२. ‘वार–२’

ब्लकबस्टर एक्शन थ्रिलर ‘वार’ले बक्स अफिसमा ४५० करोडको आँकडा पार गरेर धेरै रेकर्ड तोडेको थियो । यो ऋतिक रोशन र टाइगर श्राफ दुवैका लागि सबैभन्दा ठूलो ओपनिङ फिल्म थियो ।

चाँडै नै निर्देशक सिद्धार्थ आनन्द ‘वार’ को सिक्वेल ल्याउने तयारीमा छन् । पहिलो भाग १७५ करोडको बजेटमा बनाइएको थियो । मिडिया रिपोर्टका अनुसार वार २ को बजेट २०० करोड रुपैयाँ हुनेछ । यो फिल्म अर्को वर्ष रिलिज हुनेछ ।

३. फाइटर

ऋतिक रोशन र दीपिका पादुकोण पहिलो पटक फिल्म ‘फाइटर’मा सँगै देखिने भएका छन् । यो फिल्मलाई भारतको पहिलो एरियल एक्सन फिल्मको रुपमा हेरिएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मको बजेट करिब २५० करोड भारु हुनेछ ।

फिल्ममा ऋतिक र दीपिकाका अलावा अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन् । फाइटर सेप्टेम्बर २८, २०२३ मा थिएटरहरूमा रिलिज हुनेछ ।

४. क्रिश–४

फिल्म ‘कोई मिल गया’ सन् २००३ मा रिलिज भएको थियो । यसपछि यसको दोस्रो भाग ‘कृष’को नाममा रिलिज भएको छ । अहिले दर्शकहरु ‘क्रिस ४’ को प्रतिक्षामा छन् । यसै क्रममा निर्देशक राकेश रोशनले फिल्ममा काम सुरु गर्न लागेको खुलासा गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार फिल्मको भिएफएक्समा धेरै खर्च हुनेछ । अहिले चौथो किस्ताको बजेट २ सय ५० करोड रुपैयाँ रहेको बताइएको छ । यो फिल्म पनि अर्को वर्ष रिलिज हुनेछ ।

२०७९ असार २५, शनिबार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।