
असार २५, काठमाडौं : आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।
विश्वको चर्चित पत्रिका ओप्थामोलोजिस्टले डा रुइतलाई सन् २०२२ को विश्वका प्रभावशाली १ सय व्यक्तिको सूचीमा समावेश गरेको हो ।
म्याग्जिनले डा रुइतलाई सोधेको ३ वटा प्रश्न र त्यसको जवाफ म्याग्जिनको साइटमा प्रकाशन गरेको छ, जहाँ उनले विगत १० वर्षमा आफु स्लिट ल्याम्प र अप्रेटिङ माइक्रोस्कोपसँग बाँचेको बताएका छन् ।
त्यस्तै, आगामी ५ वर्षमा एआई प्रविधि बलियो बन्ने र गुणस्तरको लागि सत्यनिष्ठा र सम्बन्धित काममा केन्द्रित हुने कुराले गुणस्तर प्राप्त हुने उनले नयाँ पुस्तालाई सुझाव दिएका छन् ।
ओप्थामोलोजिस्टले वार्षिक रुपमा विश्वका एक सय प्रभावशालीको सुची प्रकाशन गर्ने गर्दछ । सन् २०२२ को १ सय प्रभावशाली व्यक्ति मध्ये अमेरिकाकी ओप्थामोलोजिस्ट प्राध्यापक पल अस्टिन चान्डलर पहिलो भएकी छन् ।