२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

ढाँटेर न्यायाधीश बनेकी रेणुको जागिर खुस्कियो !

असार २५, काठमाडौं : पूर्वप्रधानन्यायाधीश रामप्रसाद साहकी छोरी हुन् रेणुकुमारी साह । उनले योग्यता ढाँटेर न्यायाधीशमा नियुक्ति लिएको खुल्यो ।

उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासकी साहबारे छानविन भयो । सीटीइभीटीको पूर्णकालीन कर्मचारी भएर उनले न्यायाधीश नियुक्ति लिएको खुल्यो ।

जब कि संविधानमा न्यायाधीश नियुक्तिका लागि निरन्तर कानून व्यवसाय गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ । रेणुकुमारीबारे छानविन भयो । जवाफ मागियो । चित्तबुझ्दो नभएको भन्दै साहलाई न्यायपरिषद बैठकले बर्खास्तीको निर्णय गरेको छ ।

प्रधानन्यायाधीशसमक्ष शाहलाई बर्खास्त गर्न न्यायपरिषद्को बैठकले सिफारिस गरेको जनाइएको छ । न्याय परिषद् ऐन, २०७३ को दफा ३२ अनुसार योग्यता वा अयोग्यता लुकाई नियुक्ति लिएकोलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ ।

२० चैत्र २०७५ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले योग्यता नपुगेपनि साहलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति दिएका थिए । दैनिक न्युज नेपाल

२०७९ असार २५, शनिबार प्रकाशित 0 Minutes 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।