२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

श्रममन्त्री कुँवर भन्नुहुन्छ – विदेशमा पसिना बगाउने श्रमिकको सुरक्षाको ग्यारेण्टी राज्यले लिनुपर्छ ।

असार २५, काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले वैदेशिक रोजगारीमा वैदेशिक रोजगारीमा पसिना बगाउने कामदारको मुल्य र सुरक्षाको ग्यारेण्टी राज्यले लिनुपर्ने बताएका छन्।

बिहीबार तराई विकास तथा सञ्चार केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्देै मन्त्री कुवँरले विदेशमा कार्यरत श्रीमकको सुरक्षाका लागि सरकारले विभिन्न निकायसँग पहल गरेर काम गर्नुपर्ने बताए।

उनले सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउन आफूले पहल गर्ने बताए। श्रमिकलाई न्याय मिल्ने गरी सामाजिक सुरक्षा कोषलाई सरल, सहज र बहुआयामिक बनाउन मेरो पहल हुनेछ, उनले भने।

उनले देशका दक्ष युवाहरु रोजगारीका लागि विदेशिने भएकाले उनीहरुलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने बताए।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा

कोषमा समेट्नका लागि भएका कानूनी समस्यालाई समाधानका लागि आफूहरुले टिम बनाएर पहल गरिरहेको पनि मन्त्री कुँवरले जानकारी दिए।

कार्यक्रममा उनले देशभित्रै रहेका दुई वटा क्षेत्र पत्रकारीता र कलाकारितामा आवद्ध श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेटनु पर्ने धारणा राखे।

मन्त्री कुँवरले भने, जसले देशलाई योग्दान दिएका छन् उहाँहरु नै यो सुविधाबाट बञ्चित हुनु परेकोमा दुख लागेको छ । त्यसैले पत्रकारिता र कलाकारिता क्षेत्रमा आवद्ध श्रमिकहरुलाई समाजिक सुरक्षा कोषको दायरामा ल्याउनु आवश्यक छ ।’

त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले पनि वैदेशिक रोजगारीमा गएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नुको विकल्प नरहेको बताए।

सामाजिक सुरक्षा कोष नेपालको गरिबी हटाउन र जागिरबाट अवकाश पाइसकेपछिको जिवन बिताउन एउटा महत्वपूर्ण हतियार बन्ने उनको भनाइ छ।

२०७९ असार २६, आईतवार प्रकाशित 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।