२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

श्रममन्त्री भन्नुहुन्छ , यूएईका ठूला लगानीकर्ताले नेपालमा लगानी गर्नुहोस ।

असार २२, काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (यूएई) का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ।

राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए। राजदूत नक्विलाई मन्त्री कुँवरले यूएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा

सल्लाह गरेर अगाडी बढ्ने जानकारी गराएका थिए।
भेटमा मन्त्री कुँवरले केही समयपछि यूएईका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी गराएका थिए।

यस्तै उनले यूएईका ठूला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरे।

यूएईका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा गरिने मन्त्रीको भनाइ छ। राजदूत नक्विनले आफूलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका थिए। प्रवास खबर

२०७९ असार २२, बुधबार प्रकाशित 0 Minutes 86 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार