२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

वडाध्याक्ष रिजाल भन्नुहुन्छ – महानगरका जनप्रतिनिधिका सुविधा काटिदिए हुन्छ ।

असार २२, काठमाडौ : काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा जनप्रतिनिधिको सुविधा कटौ’ती गर्नुपर्ने प्रस्ताव आएको छ । महानगरपालिकाको वडा नम्बर

१६ का अध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिको भत्तासहितका सुविधा कटौती गर्न प्रस्ताव गरेका हुन् । मंगलबारको कार्यपालिका बैठकमा उनले भने, अघि यहाँ जनप्रतिनिधिका सेवाका कुरा उठे ।

हामी जनप्रतिनिधि लोकसेवा दिएर आएका होइनौँ । जनताको मन बचन पुरा गर्न गर्न सेवा गर्न आएका हौँ । जनप्रतिनिधिमा भएको सुविधा पनि काट्दिनका लागि र नलिगिदिनका लागि म साथीहरुलाई अनुरोध गर्छु । उनले यस्तो प्रस्ताव गर्दा ज

नप्रतिनिधिहरुले समर्थनमा टेबल ठोकेका थिए । जुन साथीहरुले ब्याचलर गर्नुहुन्छ, डिग्री गर्नुहुन्छ लोकसेवा दिएर जागिर खान भनेर आउनुभएको छ।

हामीलाई दिने सुविधा उहाँहरुलाई दियो भने काममा निरन्तरता बढ्छ, उनले थपे, ती साथीहरुलाई दिनका लागि पनि म यो बोर्डलाई अनुरोध गर्दछु । हामी जनतालाई सेवा गर्न आएका हौँ ।

जनप्रतिनिधिलाई दिने सुविधा कुनै विकासका काममा लगाउने हो भने राम्रो हुने पनि उनले बताए । जनप्रतिनिधिको भत्तामै महानगरको मासिक ५५ देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको भन्दै उनले त्यो क’टौती गर्दा वर्षको ६ करोड बचत हुने आँकडा निकाले ।

उनले महानगरले सुविधाका रुपमा दिएका गाडीदेखि मोबाइलसम्म फिर्ता लगेपनि फरक नपर्ने समेत बताए ।
उनले जनप्रतिनिधिका लागि बनाइएका कतिपय कानुनी प्रावधान व्यवहारिक नभएको भन्दै त्यसको संशोधन गर्न जरुरी रहेको पनि बताए ।

२०७९ असार २२, बुधबार प्रकाशित 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।