
असार २१, काठमाडौं : बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का
उपमहासचिव प्रदीप ज्ञवालीले आरो’प लगाएका छन् । उप महासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपरा’ध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ ।
सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घट’नाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा ग’म्भीर घो’टाला भएको आफैंले पुष्टि गरेको जिकिर समेत गरे । उपमहासचिव ज्ञवाली
ले सो घट’ना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छान’बिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘वास्तवमा यो दोहोरो अप’राध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपरा’ध त छँदैथियो । यो अप’राधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट
गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अप’राध हो । र, यो ढंगको अ’पराधमा संलग्नहरु अविलम्ब उनीहरुमाथि छानबिन भएर कार’बाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।
उनले थपे, जसको बारेमा हाम्रो दलका नेता पार्टी अध्यक्षले बोलिसक्नु भएको छ । र, यो फुटेज डिलिट भएको भन्ने तथ्यहरु बाहिर ल्याएर वास्तवमा यसमा गम्भि’र घो’टाला भएको छ भन्ने, गम्भि’र अनिय’मितता भएको छ भन्ने तथ्य चाँही स्वयम् अर्थ मन्त्रालयले पुष्टि गरेको छ ।
यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भी’र विषयहरु उठिसकेपछि फुटेज सार्वजनिक गरेर यस सम्बन्धि उठेका अन्यौलहरुलाई क्लिएर गर्नेतिर लाग्दथ्यो । त्यसो भएर एउटा बदमासीलाई ढाकछो’प गर्नका लागि अर्को बदमासी पनि गरिएको छ ।
जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ । उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघ’न्य अप’राध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सीसीटीभी फुटेज पनि डिलिट गरेको बताए ।