२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

सभापति लामिछानेको निर्वाचन क्षेत्रको लाग्यो टुङ्यो !

असार २२, काठमाडौ : सञ्चारकर्म छाडेर राजनितिमा होमिएका चर्चित पत्रकार रवि लामिछानेको निर्वाचन क्षेत्र लगभग फिक्स भएको छ ।

संचारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा होमिएका लामिछानेले काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने लगभग फिक्स भएको हो ।

अरु केही भव्यतब्य नभए एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने फिक्स भएको हो । श्रोतका अनुसार लामिछाने र उनको टीमले आन्तरिक एपमा काठमाडौँ २ भन्दा बाहिर मतदाता

नामावली भए दुईमा सार्न अपिल गरेका छन् । मेरो श्रीमतीको माइतीघर दुई नम्बरमा पर्छ, विहे गरेर आएपछि ५ नम्बर भएको थियो । रवि लामिछाने निकट श्रोतले भन्यो, रवि लामिछाने दुई बाट उठ्ने भएपछि उनलाई उता सार्न लगाएको छु । उनका साथिहरुले पनि त्यसै गरेका छन् ।’

नयाँ बस्ति भएकाले चुनाव जित्न सजिलो हुने विश्वासका साथ रविले काठमाडौँ क्षेत्र नम्बर २ रोजेका हुन् । नेकपा एसका अध्यक्ष नेपालले रौतहटबाट लड्ने तयारी गरेको सूचनामा आधारमा लामिछानेले २ नम्बर क्षेत्र रोजेको श्रोतको दावि छ ।

२०७९ असार २२, बुधबार प्रकाशित 0 Minutes 448 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।