२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

केपि ओलीको सरकारलाई प्रश्न, हरेक साल किसानलाई चाहिने बेला मल आपूर्ति हुँदैन, यस्तो किन ?

असार २१, काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष खेती गर्ने बेला किसानलाई मल किन आपूर्ति हुँदैन भनेर प्रश्न गरेका छन् ।

उनले यस वर्ष पनि सरकारले किसानका लागि मल ल्याउने व्यवस्था नगरेको बताए । अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले मलको

प्रबन्ध नगरेपछि किसानले कसरी पाउँछन् भनेर असन्तुष्टि व्यक्त गरे । संसद्‌मा गरेको प्रतिबद्धता प्रधानमन्त्री शेरबहादुर देउवाले पूरा गर्न नसकेको पनि उनको भनाइ थियो । ‘हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश, ६० प्रतिशत जनता कृषिमा संलग्न छ ।

यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँट छन् । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौं,

चामलमात्रै,’ उनले प्रश्न गरे, ‘हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन, किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि !

अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसद्‌मा उभिएर भन्नुभयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन् । वाणी मिठो थियो । कुरा राम्रो थियो ।

तर, ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात् अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन । किसानका लागि मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको ओलीको भनाइ थियो ।

२०७९ असार २१, मंगलवार प्रकाशित 1 Minute 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।