२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कातारी राजदुतले अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल हेर्न आमन्त्रण !

असार २०, काठमाडौ : गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कतार फिफा विश्वकप हेर्न नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले

आमन्त्रण गरेका छन् । दुईबीचको शिष्टाचार भेट आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको थियो । भेटमा राजदूत अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि आमन्त्रण गर्नुभएको सामाजिक

सञ्जालमार्फत शर्माले जनाए । कतार विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ । जसका लागि ३२ देशले छनोट पूरा गरिसकेका छन् ।

थप, विश्वकप फुटवल प्रतियोगिता लक्षित गर्दै कतारमा होटल क्षेत्रमा १२ हजार अल्पकालिन समय काम गर्नेगरी विदेशी श्रमिक लिने तयारी गरिएको छ ।

विभिन्न अपार्टमेण्टहरुमा विदेशी पाहुनाहरुका लागि बस्न कोठा सञ्चालन गर्नेगरी युरोपको ठूलो होटल सञ्चालक कम्पनी एकुरले जिम्मेवारी पाएको छ ।

सोही कम्पनीले सिमित समयका लागि विदेशी श्रमिक लिन चाहेको कतारको सञ्चार माध्यम द पेनन्सुल कतारले जनाएको छ ।

कतारका होटलहरुले मात्र विश्वकप फुटवल प्रतियोगिताको दौरान आउने विदेशी पाहुना राख्न नसक्ने भएका कारण कतारले विभिन्न अपार्टमेण्टहरुमा ६५ हजार वटा कोठाहरुलाई विदेशीका लागि बस्न उपलव्ध गराउनेगरी तयारी गरेको छ ।

यसका लागि एकुरलाई जिम्मेवारी दिइएको हो । ६५ हजार कोठाहरु सञ्चालन गर्नु भनेको ६ सय वटा होटलहरु सञ्चालन गरे जस्तै हुने र यसका लागि पर्याप्त जनशक्ति आवश्यक पर्ने एकुरले जनाएको छ । त्यसका लागि हाउसकिपर, फ्रण्ट डेस्क स्टाफ, लजिष्टिक एक्सपर्ट लगायत आवश्यक पर्ने जनाइएको छ ।

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।