
असार २०, काठमाडौ : धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गले सेभ घोपा क्याम्प आन्दो-लनमा अव बाट आफ्नो नैतिक समर्थन नरहने घोषणा गरेका छन् ।
मेयर भएपछि विजय जुलुससँगै घोपामा भइरहेको आन्दो-लनमा सहभागी भएर आफ्नो नैतिक समर्थन हिजो पनि रहेको र आज पनि हुने भन्दै बताएका मेयर साम्पाङ्गले अव बाट भने आफ्नो समर्थन नरहने उद्घोष गरेका छन् ।
साम्पाङ्ग मेयर बनेपछि नै हामी नेपाली नामक समुहले काठमाण्डौबाट धरान आएर थालेको ‘सेभ घोपा क्याम्प’ नामक आन्दो-लनका आन्दोलनकारी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीबीच सफल वार्ता
गराएका थिए भने कार्यदल बनाएर सोही कार्यदलको प्रतिवेदनका आधारमा प्रतिष्ठानले सुधारको काम समेत थालिसकेको छ ।
आफूलाई जनताको आवश्यकतासँग जोड्ने विषयमा खुलेका मेयर साम्पाङ्ग अचानक किन व्याक भए भन्ने चौतर्फी बहस चलेको छ । सेभ घोपा क्याम्पमा आफ्नो नैतिक समर्थन आज सम्म थियो तर, अव रहन्न ।
यो आन्दोलन रहिरहे घोपा सुधार होइन सर्ने खतरा छ भन्दै साम्पाङ्गले आफु पछि सरेको बताएका छन् । आफू मेयर भएपछि आफ्नै रोहवरमा वीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई १ घण्टा आन्दो-लनकारीले उनकै गाडीमा थुनेर
राखेपछि सफल सन्मन्वय गरेर वार्ता गराएका मेयर साम्पाङ्गले आन्दो-लनकारी ट्रयाक भन्दा बाहिर गएको बताएका छन् ।
मेयरकै रोहवरमा वार्ता भएपछि अहिले प्रतिष्ठानले केही आइसियु वेड थप गर्ने घोषणा गरेको छ भने अस्पताल परिषरभित्रै औषधी पाइने व्यवस्था समेत गरेको छ ।
केही दिन अघि हामी नेपाली समुहका अगुवा सुदन गुरुङ्गले मेयरको वि-रुद्ध अभिव्यक्ति दिएपछि साम्पाङ्ग आन्दो-लनमा समर्थन नगर्ने मुडमा पुगेको बताइन थालिएको छ ।
मेयर साम्पाङ्गकै रोहवरमा उपकुलपति ज्ञानेन्द्र गिरीलाई भेट्न सफल भएको आन्दो&लनकारी समुह हामी नेपालीले मेयरकै नैतिकतामा टेकेर फ्लोर क्रस गर्न खोजेको मेयरका पक्षधरको भनाई छ । तर साम्पाङ्गले भने सेभ घोपा क्याम्प आन्दोलनले प्रतिष्ठानको सुधार नभई अस्पताल सर्ने खतरा रहेको भनेका छन् ।