२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

मलेसियामा कार्यरत छत्र भन्छन् – श्रमिककाे तलब बढ्याे भनेर खुसी हुनुपर्ने केही छैन, “महँगी उस्तै छ, ओटि पनि कम छ”

जुलाई ४, क्वालालम्पुर मलेसिया : मलेसिया सरकारले केही महिना पहिले यहाँ कार्यरत आप्रवासी श्रमिकको तलब बढाएर १५ सय रिङ्गिट बनाएकाे छ । त्यही नियमलाई यहाँका लगभग सबैजसाे कम्पनीहरुले लागू गरि पनि सकेका छन् ।

यही बढेकाे तलबलाई देखाएर नेपालका अधिकांश मेनपावर कम्पनीले मलेसिया आउन चाहने नेपालीहरुबाट मोटो रकम लिँदै गरेका छन् भन्ने सुनिन्छ । हालै राेजगारीकाे लागि नेपालबाट मलेसिया आएका दाजुभाइ तथा दिदीबहिनीहरु यसबारे गुना-साे पाेख्छन् ।

एउटा कम्पनीमा अथवा सुरक्षा गार्डको कामका लागि आउन मेनपावरहरुलाई कम्तीमा १ लाख देखि ३ लाख रुपैयाँसम्म बुझाएकाे उनीहरु बताउँछन् । बेरोजगार भएर बस्नुपर्दा र घरकाे ऋ-ण तिर्न नसक्दा युवाहरु तना’वमा हुन्छन् ।

त्यसैमाथि वैदेशिक राेजगारीकाे लागि मेनपावर धाउँदा धाउँदा थाकेर आ, जेसुकै होस्, जस्तोसुकै काम होस् जानपाए भयो भनेर पनि आउन बा-ध्य छन् ।मेनपावर सञ्चालक भने कामदारलाई जहाजमा चढाइसकेपछि काम बन्यो भन्ने ठान्छन् ।

तर यता पुगेपछि कामदारले जस्ताे दु:ख पाए पनि मत्लब गर्दैनन् । जस्तोसुकै परिस्थितिमा पनि कामदार काम गर्न बाध्य हुन्छन् । दु:खको कुरा त हाम्रो देशमा जति सरकार परिवर्तन भए पनि युवाकाे लागि कसैले राेजगारी ल्याउन सकेनन् ।

लाखौं युवाहरुले आफ्नो देशमा रोजगारीका कुनै अवसरहरु पाउँदैनन् र यसैगरि खाडी र मलेसिया आउँछन् । चुनावका बेला युवालाई रोजगारीका लागि म यस्तो गर्छु उस्तो गर्छु भनेर चुनावी नाराहरु चर्का लगाए पनि चुनाव जितेर गएपछि फर्केर आउँदैनन् । आफ्ना वाचाकसम बिर्सिन्छन् ।

अब कुरा गरौँ मलेसियामा कमाइकाे बारे । पछिल्लो समय सरकारले कामदारकाे आधारभूत तलब बढाएर १५ सय रिङ्गेट बनाए पनि हामी श्रमिकलाई त्यसले केही फाइदा भएकाे छैन । मलेसियामा श्रमिककाे तलब बढ्याे भनेर खुसी हुनुपर्ने केही छैन, म’हँगी उस्तै छ ।

जति तलब बढ्याे त्याे भन्दा बढी महँगी बढेकाे छ । सरकारले तलब बढेकाे घाेषणा गर्ने बित्तिकै मलेसियामा हरेक उपभोग्य वस्तुहरु जस्तै दाल,चामल,तेल,तरकारी,माछामासु सबैकाे भाउ ४/५ रिङ्गिटको दरले महङ्गो भएको छ । रुस र युक्रेनको लडा-इँको कारण मह’ङ्गी बढेको हो भन्छन् । जतिसुकै महँगी भए पनि आखिर खानै पर्छ ।

हिजोका दिनहरूमा एकजनालाई साधारण खानाको खर्च २५०/३०० रिङ्गिटसम्मले जसाेतसाे पुग्थ्यो तर अहिले कम्तीमा पनि ३००/५०० रिङ्गिटसम्म एकजनालाई महिनाको खाना खर्च पुग्न थालेको छ अनि कतिपय कम्पनीहरुले आधारभूत तलब बढाएपछि ओभरटाइम पनि कटौ-ती गरेका छन् ।

अबका दिनमा मलेसियाकाे कमाइले घर,घडेरी जोडौँला भन्ने कुराहरू त ‘सम्झिने पानी छम्किने’ भनेझैं हाेला जस्ताे छ । त्यसैले नेपालबाट मलेसियामा रोजगारीका सिलसिलामा आउन लाग्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले ठूला सपना बाेकेर नआउँदा राम्रो होला कि ।

अनि मुख्य कुरा मलेसियामा सुरक्षाका दृष्टि-कोणले पनि नेपालीहरुलाई निकै जो-खिमपूर्ण छ । पछिल्लो केही हप्ता पहिले मलेसियाको जोहोरबारु राज्यमा एकजना नेपालीलाई मलेसियाका कालेहरुले मारेर नालामा फ्याँकेको कुरा सुनेर पनि आङ्ग जिरि-ङ्ग भएर आउँछ ।

अनि मलेसियामा अवै-धानिक रुपमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ भने एकदमै बचेर काम गर्न म सबैलाई आग्रह गर्छु । अहिले मलेसिया सरकारले अवै-धानिक आप्रवासी कामदारकाे वि’रुद्धमा व्यापक रुपमा धर-पकट गरिरहेको छ । त्यसैले सबैलाई सचेत भएर बस्न म आग्रह गर्छु ।

२०७९ असार २०, सोमबार प्रकाशित 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार