२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

मकै व्यापारी दम्पतीलाई कांग्रेस नेताको ५१ हजार सहयोग !

असार २०, काठमाडौं : बालुवाटारमा फुटपाथमा मकै बिक्री गर्ने क्रममा काठमाडौं महानगरले ठेला उठाएका दम्पतीलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्नेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रूपैया सहयोग गरेका हुन् ।

महानगरका प्रहरीले गाडा खोसेपछि भाडा ति-र्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको

आवातजावतमा समस्या नहुने गरी व्यवसाय गर्न सुझाव
दिएका छन् । चेतेन्द्रले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो ठेला लगेको गु-नासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरूको गाडा जफ-त गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

२०७९ असार २०, सोमबार प्रकाशित 1 Minute 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।