
असार २०, काठमाडाैँ : पूर्वसञ्चारकर्मी रवि लामिछानेले ठूला व्यापारी-घरानाबाट चन्दा उठाउने चलनलाई निस्तेज पार्ने बताएका छन् ।
शुक्रबार पार्टी दर्ता भएपछि निर्वाचन आयाेग प्राङ्गणमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । ‘हामीले घाेषणा गर्दापनि भनेकाे थियाैँ, उनले भने,
ठूला-व्यापारी घरानाहरूबाट चन्दा उठाउने चलनलाई निस्तेज पार्छाैँ र अघि बढ्छाैँ । हामीले पार्टी आफ्नै आफन्त, शुभेच्छुकहरूकै सहयाेगमा पार्टी चलाउँछाैँ । ठूला घरानाहरूबाट चन्दा उठाउने प्रचलनकाे अन्त्य गर्छाैँ ।
उनले नेपाली राजनीतिक दलहरूमा पैसाले मात्रै चुनाव जित्ने प्रचलन गरेकाे बताए । ‘पैसाले मात्रै चुनाव जित्ने प्रचलन छ । यसलाई निस्तेज पार्छाैँ,’ उनले भनेका छन् ।