
असार १९, काठमाडौ : वार्षिक ३ अर्ब घाटामा व्यहोर्दै आएको नेपाल वायुसेवा निगमको व्यवस्थापकीय र वित्तिय कमजोरी सुधार्न विज्ञहरुले धेरै पटक सुझाव दिए ।
कार्यदल नै बनाएर प्रतिवेदन पनि पेश भए । तर का’र्यान्वयन नहुँदा निगम सेतो हात्ती जस्तै भैरहेको छ । राष्ट्रिय गौरवको निगम राजनीति गर्नेदेखि आफ्नालाई जागिर ख्वाउने थलो र वि’वादस्पद व्यक्ति नियूक्ति हुने अखडा भनेर चिनिन्छ ।
जहाड उडाएर न नाफा कमाउन सकेको छ नत साख जोगाउन नै । राजनीतिक खिचातानीका कारण निगम झनझन् धरासायी बनेको हो। सरकार फेरिएपिच्छे निगमको नेतृत्व फेरिन्छ। अहिले फेरि अख्यिारमा मुद्दा परेका वि’वादित व्यक्ति वरिष्ठ पाईलट दिपु ज्वारचनलाई अस्थायी महाप्रबन्धक बनाईएको छ ।
विवादास्पद र राजनीतिक स्वार्थ बोकेर आउने व्यवस्थापन नेतृत्व अनि कामभन्दा बढी राजनीति गर्ने कर्मचारी । त्यही कारणले कम्पनी मोडलमा लैजाने र खुला प्रतिस्पर्धाबाट संरचनात्मक
सुधार गर्ने प्रयास पनि असफल हुँदै आएका छन् ।
वि सं २०१५ सालमा निगम स्थापना हुँदा ७ वटा जहाज थिए । बजार युरोपसम्म फैलिएको थियो । अहिले चल्ने जहाज ६ वटा मात्रै छन् । बजार खु’म्चिएको छ ।
निगमका १३ सयभन्दा बढी कर्मचारी पाल्नै धौ धौ छ । सत्ताको आडमा वि’वादित व्यक्तिले राजनीति र आर्थिक चलखेल गर्ने थलो बनाईंदा नेपाल वायुसेवा निगम आफ्नो सम्पत्ति बेचेर पनि ऋृ’ण तिर्न नसक्ने बाटोमा जाँदैछ ।