२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

अब देखि काठमाडौंमा भिक्षा माग्न नपाइने !

असार १९, काठमाडौं : काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न नि’षेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली,

पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा

सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ । साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भी’क

माग्न वा भीक माग्न दु-रुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । अस-हाय, बिरा-मी, बे’वारिसे, अशक्त लगायतले पनि सडकमा भी-क माग्न नपाउने भएका छन् ।

यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ । १० दिनभित्रमा उल्लेखित सार्वजनिक स्थानमा

भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अ-पराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही गरिने महानगरले सूचनामामार्फत जनाएको छ ।

२०७९ असार १९, आईतवार प्रकाशित 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।