२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

अब देखि स्वतन्त्र उम्मेदवार बन्न स्नातक पास, सम्पत्ति विवरण र पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने !

असार १९, काठमाडौँ : स्वतन्त्र उम्मेदवारी अभियान’को विशेष भेलाले स्वतन्त्र सांसद बन्नका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने मापदण्ड अघि सारेको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको भेलाले आगामी संसदीय निर्वाचनका लागि मापदण्ड र रणनीति तय गर्नेगरी छलफल थालेको छ ।

भेलाले संसदीय तथा प्रदेश चुनावमा उम्मेदवार हुनका लागि स्नातक तह पास भएको र ६८ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तय गरेको छ । हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका

आधारमा तय हुनेछ, मापदण्ड तय गर्दै दस्तावेजमा भनिएको छ, राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।

यसका साथै प्रत्यक्षतर्फ निर्वाचन लड्ने स्वतन्त्र व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ। साथै सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्ने, उसमाथि कुनै

पनि चारित्रिक दाग लागेको हुनु नहुने र उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट समेत सार्वजनिक गरिएको हुनुपर्ने मापदण्ड तय गरिएको छ । यसैगरी उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुन नहुने पनि मापदण्डमा उल्लेख छ ।

जस्तैः निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्द, मापदण्डमा भनिएको छ, विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन।

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।