
असार १८, काठमाडौँ : मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल कार्यालयमा बसेर मात्रै काम गरिरहेका छैनन् उनीहरु महानगरको बजेटमा भइरहेका कामहरु ठिक ढंगले भइरहेका
छन् की छैनन् भनेर एक साथ फिल्डमानै उत्रिन थालेका छन् ।
युवा उमेरमै काठमाडौ महानगरपालिकाको मेयर र उपमेयर बन्न सफल भएका बालेन र सुनिताको भिजन र सक्रियताले काठमाडौँबासीलाई बेग्लै खाले उत्साहको संचार गराएको छ ।
निती तथा कार्यक्रम पारित भए पछि मेयर र उपमेयर योजना अनुगमनका लागी निस्कन थालेका छन् । शुक्रबार बिहान विहान ९ बजे सम्पदा अनुगमनका लागि स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखु पुगेका हुन् ।
पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ ।अनुगमनपछि प्रमुख शाहले भने, पूर्वाधार निर्माण गर्दा वातावरण परेको असरलाई पनि हामीले हेरेका छौँ ।
उपप्रमुख डंगोलले अनुगमनका विषयमा जानकारी दिँदै भने ,अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्नेछौँ । अनुगमनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराएका थिए ।
वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने, वडाध्यक्ष डंगोलको भनाइ थियो ।वडा २६ मा रहेको भगवान बहाल पुन:निर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिएका थिए ।
उनकाअनुसार करीव ४ करोड लागतमा बहाल पुननिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । जसमध्ये १ करोड ५० लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो ।
दोस्रो चरणका लागि साढे ३ करोड लागतको अनुमान छ । जसमा सिंहसार्थ बाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्धार गरिनेछ । अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध)मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो ।
क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख शाहले पुननिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए।
वडा नम्बर ५ मा रहेको पञ्चेधारा तथा पार्क निर्माणको अवलोकनका क्रममा धारामा पानीको प्रवाह सम्भावना हेरिएको थियो । त्यसबेला आएका स्थानीयहरुसँग प्रमुख शाहले धाराको विगतका विषयमा र प्राविधिकहरुसँग जलप्रवाह सम्भावनाका
विषयमा कुराकानी गरेका थिए । अनुगमनका क्रममा कार्यपालिका सदस्यहरु मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशकहरु बसन्त आचार्य, नरेन्द्र विलास बज्रचार्य, राम थापासहित अधिकारी सहभागी थिए ।