२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

आउदो चुनावमा ४० प्रतिशत नपाए शेखर समूह एमाले सँग मिल्ने !

असार १८, काठमाडौं : संसदको निर्वाचनमा ४० प्रतिशत टिकट नपाए नेपाली काँग्रेसको शेखर कोइराला समूहले विद्रोह गर्ने भएको छ ।

रचनात्मक विद्रोह भनी पार्टी नेतृत्वलाई चेतावनी दिइसकेको शेखर समूहले ४० प्रतिशत भागवण्डा मागेको हो । १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिष्पर्धा गर्दा

शेखर कोइरालाले ४१ प्रतिशत मत ल्याएका थिए । यसअघि काँग्रेस एक हुँदा शेरबहादुर देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग पार्टीका कमिटी देखि चुनावमा टिकट बाँड्दा ४० प्रतिशतको भागवण्डा सुनिश्चित गरेका थिए ।

सुशील कोइराला सभापति हुँदा पनि कायमै रह्यो । देउवा सभापति निर्वाचित भएयता ४० प्रतिशत भागवण्डा रोकिदिएका छन् । उनले पछिल्लो समय शेखर समूहलाई पार्टीका कमिटीमा भूमिकाहनी बनाइदिएका छन् भने सरकारमा लाँदा समेत कुनै अवसर दिएका छैनन् ।

४० प्रतिशत भागवण्डा नपाए शेखर कोइराला समूहले ठूलै विद्रोहको तयारी गरेको छ । देशभर उम्मेदवार उठाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भित्री तालमेल गर्ने समेत रणनीति बनाएको बुझिएको छ । यसले काँग्रेसभित्र विभाजनको खतरा पनि बढेको छ ।

२०७९ असार १८, शनिबार प्रकाशित 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।