
असार १७, काठमाडौ : पछिल्लो केहि दिन यता नेपाल आयल निगम टाट पल्टिएको र तेल किनेको पैसा तिर्न नसके पछि सयौँ रोपनी जग्गा धितो राखेर अरबौँ ऋ-ण लिन
लागिएको समाचार आएको छ तर त्यस भित्र अरबौँ भ्रष्टाचारको खेल रहेको खबर आएको छ । सरकारकी स्वामित्वमा रहेको नेपाल आयल निगमलाई सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकारले निजी कम्पनीलाई दिन लागेको खास खुलासा भएको छ ।
नेपाली काग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलले यस्तो खुलासा गरे पछि हल्लाखल्ला मच्चीएको छ । पौडेलले अर्बौंको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम पनि व्यापारीको हातमा सुम्पिने तयारी गरिरहेको आ-रोप लगाएका छन् । उनले यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्न चाहेको पनि बताए ।
नेपाल आयल निगम हेर्ने विभागीय मन्त्री दिलेन्द्र बडु रहेका छन् । उधोग बाणिज्य तथा आपूर्ती मन्त्रालयले नेपाल आयल निगम पनि हेर्दछ । बडु रामचन्द्र पौडेलकै कोटाबाट मन्त्री बनेका हुन् ।
पौडेलले यस्तो खुलासा गरे पछि बडुबाटै उनले सुचना पाएको र यसमा प्रधानमन्त्री देउवानै यो खेलमा लागेको हुन सक्ने अनुमान गरिएको छ । ६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका वरिष्ठ
नेता पौडेलले यो विषयलाई सञ्चार माध्यमहरुले अघि ल्याउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आ-क्रोश पनि व्यक्त गरे ।
उनले भने, कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहा-कार किन भयो रु किन भएको छ भने हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढि एमाले समाजवादी, एमाले भन्दा माओवादी बढी समाजवादी ।
चर्काचर्का समाजवादी यहाँ छौं । आज पनि फेरि म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो । तपाई मिडियाहरुको माध्यामबाट एउटा कुरा जाओस्–आयल
निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरुले खोज्ने नमिल्ने पनि उनले बताए ।