
असार १७, काठमाडाैं : देशलाई कंगाल बनाएको भनेर श्रीलंकामा नेतालाई कु’टपि-ट गरेको भन्दै नेपालमा पनि त्यस्तो दिन आउन नदिनतर्फ लाग्न एक सांसदले आग्रह गरेकी छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद कलिला खातुनले श्रीलंकाबाट पाठ सिक्नुपर्ने बताएकी हुन् ।
सांसद खातुनले भनिन्, श्रीलंकामा सरकार र नेताहरूले देशलाई कंगाल बनायो भनेर ल’खेटील’खेटी पिटेको न्युजमा देखेका छौं, यो दिन नेपालमा पनि नआओस् । आउन सक्दैन भन्न चाहन्छु ।
थप समाचार, जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी
बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।