२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

मेयर दाहाल भन्छिन – भरतपुरमा सिंचाई नभएर जग्गा बाझो राख्नु पर्दैन ।

असार १७, चितवन : भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा सिंचाई नभएर जग्गा बाझो राख्न नपर्ने बताउनु भएको छ । १९ औ राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर महानगरपालिकाको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी

भरतपुर–९ को सहआयोजना भएको कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो मेयर दाहालले नारायणी लिफ्ट सिंचाई आयोजना कार्यालयमा करिब ३५ करोडको यन्त्र, उपकरणहरु आई पुगेकाले अब भरतपुरका सबै जस्तो ठाँउमा सिंचाईको पहुँच पुग्ने उल्लेख गर्नुभयो ।

डिप बोरिङहरु कृषकहरुलाई वितरण गरेका छौ । उहाँले भन्नुभयो,‘स्यालो टुबवेल पनि धेरै ठाँउमा जडान भएको छ । अब सिंचाईको कुनै चिन्ता छैन। मेयर दाहालले विगतमा पश्चिम चितवनका केही भूभागमा खडेरीको समयमा सिंचाईको व्यवस्था नहुँदा खेतहरु त्यसै बाझो रहने गरेको बताउनुभयो ।

यो समस्याको अन्त्य हुँदैछ । महानगरले कृषिलाई प्रथामिकतामा राखेर कृषिमा व्याज अनुदान कार्यक्रम, गोठ सुधार कार्यक्रम, विभिन्न यन्त्र, उपकरणमा अनुदान लगायतको कार्यक्रमहरु गर्दै आईरहेको पनि जानकारी दिनुभयो ।

कृषिलाई प्रथामिकता दिएकै कारण संघिय सरकार, प्रदेश सरकार र नेपालको ७५३ स्थानीय तहमा नभएको दूधमा ३ रुपैयाँ अनुदान कार्यक्रम सुरु गएको उहाँको भनाई थियो । यसैबीच मेयर दाहालले असार १५ कै अवसरमा भरतपुर ६ इन्द्रपुरीमा एउटा डिपबोरिङ र भरतपुर १५ मा ३० वटा स्याबो टुबवेलको उद्घाटन गर्नुभएको छ ।

चितवन भूमिगत संयोजनात्मक जल सिंचाई आयोजनाले यो आर्थिक वर्षमा मात्रै डिप बोरिङ ३० वटा र स्यालो टुबवेल १८५ वटा सञ्चालनमा ल्याइ सकेको छ । आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार डिप बोरिङले ३० विघा जग्गालाई सिंचाई गर्न सक्छ भने स्यालो टुबवेलले ४ विघा सिंचाई गर्दछ । खबर प्रवाह

२०७९ असार १७, शुक्रबार प्रकाशित 0 Minutes 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।