२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

प्रचण्ड भन्नुहुन्छ – एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि त्याे फुल्छ !

असार १७, काठमाण्डाै : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताउनुभएको छ ।

आज काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताउनुभएको हो ।

उहाँले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिस्ट रहेका र उनीहरुलाई पनि समेटेर जानुपर्ने आवश्यकता भएको बताउनु भएकाे छ। अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हाे भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माओवादी मात्रै मिलेर हुन्छ भन्ने भ्रममा नपरौँ । माओवादी बाहेकका सच्चा कम्युनिस्ट पनि बाहिर छन् । बाहिरका सबै अवसरवादी मात्रै छन् भन्ने भ्रम पनि राख्नुहुँदैन ।

एमालेभित्रका कार्यकर्ता र नेताहरुलाई समेत एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिन्छ । सकिएन नि त, बिग्रियो नि त भन्ने लाग्ने सक्छ तर त्यहाँ बीउ रोपिएको छ, हामी माओवादीले बीउ रोपेर आएका छौँ, हेर्नुहोला, केही समयपछि त्यो फुल्छ, फल्छ ।

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गर्नुभयो ।

उहाँले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताउनु भएकाे छ । उहाँले आफूविना कसैले पनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गर्नुभयाे । अध्यक्ष दाहालले आफ्नो उदारतावादीले कहिलेकाहीँ धो-का खाएको बताउनुभयो ।

२०७९ असार १६, बिहीबार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।