
असार १४, काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगरको विकासमा भूतपूर्व सैनिकलाई जोड्न चाहेको बताएका छन्।
स्वतन्त्ररुपमा चुनाव जितेर आफैं दिनहुँ फिल्डमा खटिइरहेका मेयर साम्पाङले आफूलाई उनीहरुको साथ मिल्ने विश्वास पनि व्यक्त गरेका छन्।
धरान भुपूसैनिकले बसाए र बनाए, यो सत्य नकार्न सकिन्नु, मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन । म धरानको चौतर्फी विकासमा भुपूसैनिकहरुलाई जोड्न चाहन्छु। विश्वास छ मलाई साथ मिल्नेछ।
खानेपानीको एजेन्डालाई प्रमुख मुद्दा बनाएर चुनावमा होमिएका साम्पाङ अहिले धरान नगरवासीलाई पानी खुवाउनका लागि अहोरात्र खटिएका छन्।
उनले केही समयअघि धराने युवालाई जिमखानामा फलाम उचाल्नुभन्दा धरानका नागरिकालाई पानी खुवाउनका लागि प्राकृतिक वातावरणमा श्रम गर्न आग्रह गरेका थिए।