२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

सचिव न्यौपाने भन्छन् – प्रेम आले गौरव गर्नुपर्ने मन्त्रीमा पर्नु हुन्छ ।

असार १५, काठमाण्डौ : मन्त्रिपरिषद् पुनर्गठनपछि आज सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई आज सोमवार मन्त्रालयबाट बिदाइ गरिएको छ ।

बिदाइ कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले निवर्तमान मन्त्री आले कर्मचारीतन्त्रका लागि गौरव गर्नुपर्ने मन्त्री भएको बताउनुभएको छ । नयाँ मन्त्री जीवनराम श्रेष्ठको स्वागत कार्यक्रमअघि मन्त्रालयको सभा कक्षमा आयोजित बिदाइ

समारोहमा सचिव न्यौपानेले मन्त्री आलेको झन्डै नौ महिने कार्यकालमा समग्र कर्मचारी र मन्त्रालयको प्रतिष्ठा बढेको बताउनुभयो । ‘उहाँ डर, द’बाब, ध’म्की, आर्थिक प्रलोभनमा कहिल्यै पर्नुभएन । मनमा लागेको कुरा जे हो भनिहाल्नु हुन्थ्यो ।

कर्मचारीलाई दबाब पनि कहिल्यै दिनुभएन, सचिव न्यौपानेले भन्नुभयो, हुने कामलाई हुन्छ भन्नुहुन्थ्यो भने नहुने कामलाई हुन्न भन्नुहुन्थ्यो । त्यसैले होला उहाँलाई जनताले एक्शन मन्त्रीको उपाधि दिएको ।

सचिव न्यौपानेले मन्त्री आले जति दिन मन्त्रालयमा बस्नुभयो उति दिन जनताको पक्षमा काम गरेको बताउनुभयो । बिदाइ कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री आलेले आफ्नो पहिलो प्राथमिकता जहिल्यै सरकार र जनताको पक्षमा रहेको

उल्लेख गर्दै अबको समय पनि त्यसमै खटिरहने बताउनुभयो ।
उहाँले नयाँ मन्त्री जीवनराम श्रेष्ठलाई पनि आफूलाई जस्तै सहयोग गरेर जनताको नजरमा वाहवाही बटुल्न सक्ने बनाउन कर्मचारीलाई आग्रह दिनुभएको थियो ।

२०७९ असार १५, बुधबार प्रकाशित 1 Minute 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार