
असार १४, काठमाडौं : मन्त्रीबाट फिर्ता बोलाएपछि नेकपा एकीकृत समाजवादीका ४ पूर्वमन्त्री निकै अस’न्तुष्ट छन् । उनीहरु अध्यक्ष माधवकुमार नेपालवि’रुद्ध संगठित नभएका होइनन् ।
तर, वि’द्रोहका लागि संसदीय दलमा बहुमत नपुगेपछि ब्याक भए । १२ असारमा मन्त्रीबाट राजीनामा दिएर कसैले पत्रकार सम्मेलन गरेर आ’क्रोश र आँसु दुवै पोखे त कोही चुपचाप आफ्नो बाटो लागे ।
तर, उनीहरुले असन्तुष्टि आजको केन्द्रीय परिषद बैठकमा अनुपस्थित भएर देखाए । निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरो’ध खतिवडा र किसान श्रेष्ठ काठमाडौंमा भएको बैठकमा अनुपस्थिति जनाएका हुन् ।
यसले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ । प्रेम आले र रामकुमारी झाँक्री कुनैपनि बेला वि’द्रोहको तयारीमा छन् । विरोध खतिवडाको पनि असन्तुष्टि छ ।
किसान श्रेष्ठ नेकपा एकता अभियानमा भित्र भित्र लागिरहेका छन् । यसले कुनैपनि बेला नेकपा एसको आन्तरिक संरचनामा ठूलै कम्पन आउन सक्ने देखिएको छ ।