२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

विराजभक्त श्रेष्ठ भन्नुहुन्छ – जनताले सांसदलाई लखेट्न मात्र बाँकी छ ।

असार १३, काठमाडौं : बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीका नेता विराजभक्त श्रेष्ठले जनताले अब सांसद् र मन्त्रीहरुलाई लौरो लिएर लखेट्न मात्र बाँकी रहेको बताएका छन् ।

सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको विषयगत मन्त्रालयमाथिको छलफलका क्रममा सो कुरा बताएका हुन् । सरकारले जनताको हितमा जिम्मेवार ढंगबाट काम गर्नुपर्ने भएपनि त्यसमा चुकेकाले जनताले लखेट्न मात्र

बाँकी रहेको उनले बताए । पहिले आउँदा घडा राखेर स्वागत गरेका जनताले अब लौरो लिएर लखेट्न मात्र बाँकी छ ।’उनले भने, जनता आजित भइसके । उनीहरु सुविधा माग्दैछन् । हाम्रो सरकार कहाँ छ । सरकारले जिम्मेवारी कहिले लिने ।

सरकारले आम्दानीको स्रोतको रुपमा रहेको राजस्व तथा करहरूलाई खारेज गर्दै जाँदा प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न चिन्ह खडा हुने उनले बताए ।

उनले प्रदेशसभा सचिवालय भित्रका बोटबिरुवा काटेको भन्दै विरोध जनाएका छन् । भारतबाट आँप र लिची जस्ता फलफूल आयात गरेर खानुपर्ने अवस्था रहेको भन्दै उनले प्रदेशसभा सचिवालयभित्र फलिरहेको रुख काट्दैमा समृद्धि नहुने बताए ।

उनले सरकारको बजेट मन्त्रीमुखि भएकाले यसबाट प्रदेशका जनताको हित हुन नसक्ने बताए । युवा तथा खेलकुदको विकासमा प्रदेश सरकारले खासै चासो नदिएको उनको भनाइ छ ।

उनले खेल क्षेत्रमा सक्रिय युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउनु पर्ने बताए । उनले सरकारले एक आर्थिक वर्षको सवारी साधन खरिदको बजेट खेल क्षेत्रको विकासमा खर्च गर्न सकेमा केही हदसम्म न्याय हुने बताए ।दैनिक न्युज नेपाल

२०७९ असार १३, सोमबार प्रकाशित 0 Minutes 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।