२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

पुर्व मन्त्री किसान श्रेष्ठ धाक लगाएर मन्त्रालयबाट बिदा भए !

असार १३,काठमाडौ : नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसबाट मन्त्री भएकाहरुले बिदा हुने बेलामा केहि न केही अनौठो गतिविधी देखाएरै बिदा भए ।

शहरी विकासमन्त्रीबाट विदा हुँदा रामकुमारी झाँक्रीले धरधरी रोएरै मन्त्रालयबाट बिदा भइन भने सँस्कृती ,पर्यटन तथा नागरिक उड्ययनमन्त्रीबाट बिदा भएका प्रेम आलेले मन्त्री पदनै आफ्नो लागी ह्याङओभर भएको भन्दै बिदा भए ।

देउवा सरकारका अर्का भाइरल मन्त्री किसान श्रेष्ठले भने अर्को रमाइलो गरे । झाँक्रीले मन्त्री छोड्दा रुवाबासी गरे पनि श्रेष्ठले भने बिदाइ कार्यक्रम भरिनै हासिँमजाक गरिरहे । मन्त्रीले चढ्ने भन्दा ठूलो गाडी आफुले चढ्ने भन्दै श्रेष्ठले धाक भने लगाए ।

व्यापारिक पृष्ठभूमिबाट राजनितीमा आएर मन्त्री भएका श्रेष्ठले आफ्नो सम्पत्तीको रवाफ दिएर बिदा भए मन्त्री छोड्ने बेलामा । डिलमा पुर्याएर लात्ती हाने जस्तो अपमानपुर्वक मन्त्री पदबाट हटाउँन खोजिएको भदै केहि दिन अघि देखीनै नेकपा

एसका अध्यक्ष माधव कुमार नेपालसँग फायर भएका श्रेष्ठले मन्त्री छोड्ने बेलामा पत्रकार सम्मेलन पनि नगर्ने भनेका थिए तर बिहानै उनी पत्रकार सम्मेलन भन्दै मन्त्रालयमा हाजिर भए ।

बहिर्गमनमा मन्त्री श्रेष्ठले भने आफूहरू बाहिरिँदा पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका थिए । हिजो संसदबाट बाहिरिँदै गर्दा पत्रकारसँग उनले भनेका थिए( नयाँ मन्त्री नियुक्त भएपछि हामी स्वत हट्छौं, किन राजीनामा दिनुप-र्यो रु किन पत्रकार सम्मेलन गर्नुप-र्यो ?

तर, मन्त्री श्रेष्ठले हिजो आफैँले दिएको गफविपरीत आज पत्रकार सम्मेलन गरेर बिदा भए । मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई कर्मचारीहरूले खादा लगाएर सम्मान गरेका थिए ।

यस विषयमा प्रष्टीकरण दिँदै श्रेष्ठले मन्त्रालयको आग्रहमा बिदाई कार्यक्रममा आएको बताए । मैले त नगरौँ भनेको थिएँ, तर सचिवज्यूले कसरी हुन्छ मन्त्रीज्यू भनेर आग्रह गर्नुभएपछि आज आएको हुँ, उनले भने ।

बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठ खासै भावुक देखिएनन् । बरु उनी ठट्यौलो रूपमा पेस भएका थिए । उनले मन्त्री पद आफ्नो लागि ठूलो विषय नभएको बताए ।उनले भने, मलार्ई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन ।

आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।
उनले छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक भए पनि मन्त्री पद गएको चिन्ता नलिएको बताए ।

आफूपछि आउने मन्त्रीलाई सहयोग गर्न कर्मचारीलाई उनले आग्रह गरे । अब आउने पनि हाम्रै पार्टीको मन्त्री हुनुहुन्छ, उहाँलाई पनि मलाई जस्तै सहयोग गर्नुहोला, श्रेष्ठले भने, यदि मसित कसैको चित्त दुखेको भए आजदेखि सबै भुलिदिनुहोला ।

२०७९ असार १३, सोमबार प्रकाशित 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।